नेपालको झण्डा जलाएउने ग्याल्जोम तामाङसहित नौ जना पक्राउ

भदौ ३,काठमाण्डौ । नेपालको झण्डा जलाउए र जातिय भेदभाव पूर्णभाषा प्रयोगगरि विभिन्न समुदायमाथि गालीगलौज गर्दै म्युजिक भिडियो बनाएका ग्याल्जोम दोर्जे तामाङसहित भिडियोमा संलग्न नौ जना पक्राउ परेका छन् ।

विभिन्न जाति र समूहलाई तल्लो तहको गालीगरेर गीत बनाउने र गाउनुका साथै नेपाली राष्ट्रिय झण्डा जलाउने र भिडिओमा मुख्य अभिनय गर्ने ग्याल्जोमसहित भिडियोमा अभिनय गर्ने लगाएत उनका समूहका नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगोल हप नामको यूट्युब च्यानलमार्फत भदौ एक गते सार्वजनिक भएको केहि समयमानै सामाजिक संजालमा विरोध भएको थियो भने उक्त भिडियोमा संलग्नको खोजि चलिरहेको थियो ।

[sidebar name="button post"]