म्युजिक भिडिओमा राष्ट्रिय झन्डा जलाउने समूहका चार सदस्य पक्राउ परेका छन्। मंगलबार पक्राउ पर्ने एक युवती र तीन युवा छन्।
भदौ १ गते अपलोड गरिएको उक्त भिडिओ भाइरल भएपछि मंगलबार दिनभरि अपरेसनमा जुटेको महानगरीय अपराध महाशाखाले चार जना पक्राउ परिसकेको जनाएको छ।
झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको थियो। उक्त म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका-३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिएको महाशाखाले जनाएको छ।
[sidebar name="button post"]









