भदाै २, बितेको २४ घण्टामा एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार चार सय ६१ जनाको पीसीआर परिक्षण गरेकोमा एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार दुइ सय ५७ पुगेको छ । यस्तै गएको २४ घण्टामा ८५ जना निको भएर घर फर्किएसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या १७ हजार पाँच सय ८० पुगेको छ ।
अहिले नेपालमा १० हजार पाँच सय ६३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।१३ हजार नौ सय २६ जना विभिन्न ठाउँको क्वरेण्टीनमा रहेका छन् ।
यस्तै गएको २४ घण्टामा थप सात जनाको कोरोना संक्रमणबाट ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक सय १४ पुगेको छ ।
[sidebar name="button post"]









