Ad #144479

भाद्र १, राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ ।

यस वर्ष कुल चार लाख ८२ हजार नौ सय ६ जना विद्यार्थीले परीक्षाको लागि आवेदन भरेकोमा चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसईईको नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिनेछ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो ।

करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्डले जनाएको छ ।