आम नागरिकले सरकार आफ्नो भएको महशुस गर्न पाएनन्: नेपाली काँग्रेस

३२ साउन, काठमाण्डौ। नेपाली काँग्रेसले सरकारको लापरबाहका कारणले सिन्धुपाल्चोकको लिदी पहिरोमा मानवीय क्षति वठि भएको गम्भीर आरोप लगाई सरकारको आलोचना गरेको  छ ।

लिदी आसपासका गाँउहरु नाम्फा, सानो नाम्फा, लिम्लुङ लगायतका बस्तीका नागरिकले गाउँ जोखिममा रहेको भन्दै पहिरो जानुभन्दा अघि नै निवेदन दिँदा पनि सरकार मौन रहेको भन्दै काँग्रेसले सरकारको आलोचना गरेको हो ।

नागरिकको बाच्न पाउने अधिकारको ख्याल नगरि नागरिक तह वाट ज्यान बचाउन गुहार माग्दा पनि सरकार चुप लागेर बसेको गम्भीर आरोप सरकारलाइ लगाएर काँग्रेसले विज्ञप्तिमा जारी गरेको छ । यस किसिमका घटनाले नागरिकमा सरकार भए–नभएको कुनै अर्थ नभएको र नागरिकको जीवनप्रति राज्यको चरम वेवास्ताको एउटा उदाहरण यो घटना भएको काँग्रेसको ठहर छ ।

कोरोना महामारी नियन्त्रणमा पूर्ण रुपमा असफल भइसकेको सरकार सिन्धुपाल्चोक लागाएतका क्षेत्रमा गएको विपद् र बाढीपहिरोको जोखिम कम गर्न र नागरिकमा सरकार भएको महशुस गराउन समेत असफल वनेको काँग्रेसले ठहर गरेको छ ।

[sidebar name="button post"]