Ad #144479

सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिपीमा पहिरोले गाउँ पुगेको छ । जुगल गाउँपालिका वडा नम्बर २ लिपीमा बिहान झरेको पहिरोले १३ घर पुरिएको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बताउनुभएको छ ।

१३ घरमध्ये ५ घरका परिवार सम्पर्कविहिन भएका छन् । अरु १५ जना सामान्य घाइते भएको नेपालले जानकारी दिनुभयो । पहिरोले घर पुरेपछि प्रभावितहरु नजिकैको सुरक्षित ठाउँमा बसेका छन् । पहिरोका कारण ३० घरहरु जोखिममा रहेका छन् । अहिले उद्धारको काम सुरु भएको छ ।

हेलिकप्टर तथा प्रहरीको टोली बोलाएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।