साउन २९, स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण भएको आशंका भएमा मात्र स्वाब परीक्षण गर्न आग्रह गरेको छ । तर कतिपयले स्वाब परीक्षणका लागि दिईसकेपछि पनि घर बाहिर घुम्ने गरेको पाईएको र यसले कोरोना संक्रमणको जोखिम थप बढाएको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले स्वाब परीक्षणका लागि दिईसकेपछि अनिवार्य आईसोलेसनमा बस्न आग्रह गर्नु भएको छ । नमूना परीक्षणको रिपोर्ट आए पछि सम्पर्कमा रहेकाहरुलाई खबर गर्न पनि उहाँको अनुरोध छ ।
कोरोना परीक्षणको रिपोर्ट नआउँदै घुमफिरमा निस्कदा पछि संक्रमण पुष्टि हुँदा सम्पर्कमा आएकाहरुको खोजी गर्न समस्या भएको मन्त्रालयले जनाएको छ ।
[sidebar name="button post"]











