२९, साउन, काठमाडौं । बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार पुनः बढेको छ । प्रतितोला दुई हजार चार सय रुपैयाँले सुनको भाउ बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँले बढेर ९७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि बढेको छ । बुधबारको तुलनामा तोलामा २४ सय रुपैयाँ बढेर तेजाबी सुन बिहीबार ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलाको १२ सय ९५ रहेको छ ।












