पाटन अस्पतालमा एक कोरोना संक्रमितको ज्यान गयो

२८ साउन, काठमाडौं। ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षकी महिलाको ज्यान गएको छ ।

साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आइसीयूमा उपचारका क्रममा राती ज्यान गएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८४ पुगेको छ । २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १६ हजार ६ सय ६४ जना निको भएका र ७ हजार २ सय १ जना आइसोलेशनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

[sidebar name="button post"]