२६ साउन, काठमाडौं । कोरोना भाइरसको संक्रमण भयावह हुन थालेपछि सरकारले भदौ १६ गतेदेखि मात्रै आन्तरिक उडान र लामो दुरीका गाडी खोल्ने निर्णय गरेको छ । यसअघि भदौ १ गतेदेखि खोल्ने भनिएको सार्वजनिक यातायात र उडान अब भदौ १६ देखि मात्रै खुल्ने भएका हुन् ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर सीसीएमसीको सिफारिसलाई सदर गर्दै भदौ १६ गतेबाट निर्णय कार्यान्वयन गर्ने भएको हो ।
[sidebar name="button post"]









