कोरोनाका कारण मेडिसिटी अस्पतालमा एकजनाको ज्यान गुम्यो साउन २६, २०७७ ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय पुरुषको मृत्यु भएकाे छ । निमोनिया र मधुमेहको समस्या रहेका ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएकाे ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताउनुभयो । मृतक पुरुष कलङ्की ट्याङ्ला फाँटका रहेको जिल्ला जनस्वास्थ्य कार्यलय ललितपुरले जनाएको छ । [sidebar name="button post"]