जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले सवारी पास सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ । अब अत्यावश्यक कामका लागि गाडीको पास चाहिएमा काठमाण्डाै प्रशासनमा अघिल्लो दिन निवेदन दिएर जाने र भोलिपल्ट मात्रै पास लिनका लागि आउनुपर्ने व्यवस्था गरिएको जनाइएको छ ।
काठमाण्डाैमा पछिल्लो समयमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले आवागमनमा कडाइ गरिएको तथा सीमा नाकामा निगरानी बढाइएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गर्दै अत्यावश्यक काम बाहेकका लागि पास नदिन निर्देशन जारी गरिसकेको छ ।












