उखुबारीबाट २६ बोरा गाँजा बरामद

मोरङको धनपालथान गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

उखु बारीमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले २६ बोरा गाँजा बरामद गरेको हो।

बुधबार साँझ प्राप्त  सचनाका आधारमा सो क्षेत्रमा सुरक्षाकर्मी खोजतलासका लागि पुगेका थिए। त्यस क्रममा उखुबारीभित्र लुकाइ राखिएको अवस्थामा ठूलो परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।

बरामद गरिएको गाँजा हाल प्रहरीको नियन्त्रणमा राखिएको छ। घटनासँग सम्बन्धित व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

[sidebar name="button post"]