रास्वपा सांसद गौतम ‘द वान योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अवार्ड’ का लागि चयन

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘द वान योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अवार्ड’ का लागि चयन भएकी छिन् ।

बेलायतको राजधानी लण्डनमा आधारित द वान योङ वर्ल्ड नामक संस्थाले संस्थाले हरेक वर्ष १८ देखि ३५ वर्षभित्रका ५ राजनीतिक नेताहरुलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

यसपटक सांसद गौतमसहित क्यानाडाकी सांसद आरियल कायाबागा, अष्ट्रेलियाको पश्चिम अष्ट्रेलिया राज्यकी सांसद आयोर माकुर चुओट, न्यु जिल्याण्डको फार नर्थ डिस्ट्रिक्टका मेयर मोको टेपानिया र बेल्जियमका सांसद स्यामुएल कोगोलातीले यो अवार्ड प्राप्त गरेका छन् ।

विजेताहरुलाई आगामी अक्टोबर महिनामा आयरल्याण्डको बेल्फास्टमा आयोजना हुने ‘वान योङ वर्ल्ड समिट’ मा पुरस्कार प्रदान गरिने छ ।

[sidebar name="button post"]