सुन तस्करी प्रकरण : जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक सय किलो सुन बरामद प्रकरणमा भन्सार विभागले जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी गरेको छ ।

मंगलबारको क्याथे फ्यासिफिकको उडानबाट काठमाडौँ आएको उक्त सुन बुधबार भन्सार जाँच पास भएको थियो ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको बताए ।

उक्त प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ ।

[sidebar name="button post"]