नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यले लिखितरुपमै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेका छन् । मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र बुझाएका हुन् ।
क्यानका केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले चन्दको राजीनामा माग गरेका हुन् ।
[sidebar name="button post"]









