अर्जेन्टिनाका कप्तान लिओनेल मेसी फिफा विश्वकपमा सबैभन्दा बढी गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन्।
मेसीले जारी विश्वकपमा क्रोएसियाविरूद्ध १ गोल गर्दै समग्र विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन्।
मेसीले गएरातिको गोलसँगै ग्याब्रिएल बाटिस्टुटाले बनाएको १० गोलको कीर्तिमान तोडेका हुन्।
अर्जेन्टिनाका लागि डिएगो म्याराडोना र गिलेर्मो स्ताबिलले विश्वकपमा समान ८-८ गोल गरेका छन् ।
मेसीले जारी कतार विश्वकपमा ५ गोल गर्दै गोल्डेन बुटको दाबेदार समेत बनेका छन्।