जाजरकोट जीप दुर्घटना अपडेट: मृतककाे संख्या १२ पुग्याे, एकै वडाका आठ

जाजरकोटकाे छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन्।

त्यसैगरी, जारजरकोट छेडागाड नगरपालिका- ५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ।

त्यस्तै, घाइते जैभान अधिकारीको उपचारका क्रममा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ। छेडागाड- ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए।

कर्णाली प्रदेश२००१च ०४२९ नंको निजी जिप छेडागाड- ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो।

[sidebar name="button post"]