पीडित किशोरीको बयानः सन्दीप लामिछानेले दुई पटक जबर्जस्ती गरे

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरीले होटलको कोठामा आफूलाई सन्दीप लामिछानेले दुई पटक जबर्जस्ती गरेको बयान दिएकी छिन् ।

उक्त युवतीले बयानका क्रममा सन्दीपले आफूलाई गौशालास्थित एक होटलमा लगी जबरजस्ती गरेको अदालतमा बयान दिएकी छन् ।

होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेका बेला निकै थाकेकाले कुर्सीमा नै आफू अर्धनिन्द्रामा परेको उनको बयान छ । ‘लामिछानेले मलाई लुगा फुकालेर सुत भनेकोमा म लुगा नफुकालिकन पल्टिएको थिएँ, एकैछिनमा निदाएँछु’, उनले भनेकी छन्, ‘त्यसको अन्दाजी २० देखि २५ मिनेटमा १२ः२५ बजेतिर ब्यूँझिँदा आफूले लगाएको पाइन्ट खोलेर जबरजस्ती करणी गरेर आफू बाथरुमतिर गएर फेरि सुतेका थिए ।’

आज प्रहरीले अदालतमा बुझाएको अभियोग पत्रमा समावेश बयानमा उनले सन्दीपले झुक्क्याएर नगरकोट लगेको तथा फर्किएर काठमाडौंको एउटा होटलमा राखी राति करणी गरेको दाबी गरेकी हुन् । करणीका क्रममा सन्दीपले आफूलाई पिटेको समेत उनले बयान दिएकी छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ढाडमा जोडले हानेको बताएकी छन् ।

यता हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेले प्रहरीसँगको बयानमा आफू निर्दोष रहेको बताएका छन् ।

लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहे पनि शारीरिक सम्बन्ध नराखेको बताएका हुन् । काठमाडौँ जिल्ला अदालतमा दायर अभियोगपत्रमा सन्दीपको उक्त बयान उल्लेख छ ।

[sidebar name="button post"]