वरिष्ठ पत्रकार पाण्डेकाे निधन

काठमाडाैँ: वरिष्ठ पत्रकार कौशल पाण्डेको ७५ वर्षकाे उमेरमा निधन भएकाे छ।

उनको ७५ वर्षको उमेरमा बिहीबार साँझ ५:४५ बजे हेटौंडा –४ कमलडाँडास्थित निवासमा निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका उनलाई केही महिना अघिदेखि लिभर सिरोसिको कारण शल्यक्रिया गरिएको थियो।

पाण्डेकाे शुक्रबार नै अन्येष्टि गरिने परिवारस्राेतले जनाएकाे छ। उनी २०५८ सालमा नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाको अध्यक्ष पनि भएका थिए। यसैगरी, उनी श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष पनि थिए। पाण्डेकाे प्रकाशन सम्पादनमा ‘प्रयास अर्धसाप्ताहिक’ प्रकाशन हुँदै आएको छ।

[sidebar name="button post"]