म्याग्देमा २१ सुत्केरीलाई पोषण भत्ता

तनहुँ: जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले अध्यक्षसँग कार्यक्रमअन्तर्गत २१ सुत्केरीलाई पोषणका लागि रकम वितरण गरेको छ ।

थर्पु स्वास्थ्यचौकीको समन्वय र गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाभित्रका सुत्केरीलाई जनही रु पाँच हजारका दरले पोषण भत्ता वितरण गरेको हो । सभ्य समाज निर्माणका लागि स्वास्थ्य हुन आवश्यक पर्ने भएकाले सुत्केरीलाई प्रोत्साहन गरिएको गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

स्वस्थ्य बच्चा जन्मनका लागि आमा स्वास्थ्य र बलियो हुन आवश्यक पर्ने भएकाले पोषिलो खाना आवश्यक पर्छ । गर्भवती चरणदेखि नै महिलालाई स्वास्थ्य बनाउन गाउँपालिकाले यस कार्यक्रम ल्याएको हो । महिलालाई स्वास्थ्य रहन बच्चा जन्मनुभन्दा पहिलादेखि नै नियमितरूपले स्वास्थ्योपचारका साथै बच्चा जन्मिसकेपछि गाउँपालिकाले सकेको आर्थिक सहयोग गर्दै आएको उनले बताए ।

गाउँपालिकाले नेपाल सरकारले निर्धारण गरेको गर्भवती उत्प्रेरणा कार्यक्रमअन्तर्गत रु आठ सय र यातायात खर्च दिँदै आएका छौँ । जनतासँगको सहकार्यका आधारमा हामीले सुत्केरीसँग अध्यक्ष कार्यक्रम ल्याएका हौँ, सुत्केरी पोषणभत्ता र यातायात खर्चले निम्न वर्गका लागि राहत हुने विश्वास गरिएको छ ।

त्यसैगरी गाउँपालिकाले गर्भवती हुनका लागि घरबाट चौकीसम्मको एम्बुलेन्सको व्यवस्था र चौकीमा सुत्केरी हुन नसकेमा पोखरासम्म एम्बुलेन्स सेवा पनि निःशुल्क दिँदै आएको छ ।

थर्पु स्वास्थ्यचौकीका सिनियर अहेव सूर्य श्रेष्ठले साउनदेखि हालसम्म स्वास्थ्यचौकीमा सुत्केरी भएका २१ महिलालाई पोषणका साथै यातायात खर्च प्रदान गरिएको जानकारी दिए।

[sidebar name="button post"]