काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्। भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाउनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाउनु भएको थिएन ।
[sidebar name="button post"]









