काठमाडौं: काठमाडौं उपत्यकामा सडक नियम पालना नगर्ने विभिन्न सवारी साधनका १ हजार ८८६ चालक कारबाहीमा परेका छन् ।
मंगलबार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, लेन मिच्नेलगायतका गतिविधि गर्ने ती चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतबाट समेत ती सवारी साधन कारवाहीमा परेका हुन्। ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने २९३, लेनको पालना नगर्ने १५, रेड लाइटमा सवारी चलाउने २५ र जथाभावी हर्न बजाउने ४४ लाई कारवाही गरिएको छ।
[sidebar name="button post"]









