तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति

दाङ: गएराति दाङको घोराहीमा तीनवटा फर्निचर उद्योगमा आगलागी भएको छ। घोराहीको सहिद उमेश मार्ग रोडमा रहेका तीन वटा उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ।

घोराही- १५ उमेश मार्ग रोडमा रहेको न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीनवटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक विरबहादुर ओलीले जानकारी दिए । राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणमा आएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको दमकल सहयोगमा आगो नियन्त्रणमा लिएको हो । लक्ष्मीपूजामा बालिएको दियोका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

[sidebar name="button post"]