शर्माद्वारा विश्व रेकर्ड कायम

काठमाडौं: अर्पण शर्माले स्मरण शक्तिका विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वल्र्ड बुक अफ रेकर्ड’ को कार्यालयबाट नेपाल आएलगत्तै उक्त रेकर्ड सार्वजनिक भएको हो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आइतबार शर्मालाई बधाई दिँदै नयाँ विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । ‘मेमोरी किङ’ को नामले परिचित शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर रचेको उक्त विश्व कीर्तिमान कायम गरेका छन् ।

उनले रासससँग कुरा गर्दै भन्नुभयो, “ध्यान, साधना र मेमोरी टेक्निकलले यो सम्भव भएको हो । उनले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर विश्व कृतिमान कायम गरेका छन् । भेटमा पूर्वप्रधानमन्त्री ओलीले यो कसरी सम्भव छ भन्नेबारेमा प्रश्न गर्नुभएको उल्लेख गर्दै उनले मैले ध्यान र साधनाबाट गर्न सकिने मैले बताए ।

अर्को सफलताका लागि शुभकामना दिए । उनले विश्व रेकर्डको प्रमाणपत्र सम्पूर्ण नेपालीको सफलता भएको आफूलाई महसुस भएको र आगामी दिनमा अझै वल्र्ड रेकर्ड राखेर नेपालको नाम विश्वसामु फैलाउने प्रयोगमा लाग्ने बताए ।

[sidebar name="button post"]