काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले सार्वजनिक सूचना जारी गरेर राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने जनाएका हुन्।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार तोकिएको समयसीमा भित्र मात्रै देउसीभैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न पाइने छ। तर, त्यसबाहेकको समयमा देउसीभैलो खेलेमा कारबाही गरिने उनले बताए।
सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरिएको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आ-आफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसी र भैलो कार्यक्रम गर्न समयसीमा राख्ने/नराख्नेबारे निर्णय गर्न भनेको थियो। सोही अनुसार जिल्ला प्रशासन कार्यालयले समयसीमा तोकेका हुन्।
[sidebar name="button post"]











