२ कार्तिक, काठमाडौं ।नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ०८ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ १५ पैसा र बिक्री दर १२९ रुपैयाँ ७४ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १४८ रुपैयाँ २० पैसा र बिक्री दर १४८ रुपैयाँ ८८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १३२ पैयाँ ५७ रहेको राष्ट्र बैंकले जनाएको छ।













