नेपालगञ्ज : नेकपा (एकीकृत समाजवादी)का नेता दलबहादुर सुनार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका सुनार सोमबार साँझ नेकपा माओवादीमा प्रवेश गरेका छन्। माओवादी नेत्री एवं पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले सुनारलाई पार्टी प्रवेश गराइन्।
सुनार बाँके क्षेत्र नं. ३ प्रदेश (क) का स्वतन्त्र उम्मेदवार रहेका छन्। माओवादीले त्यहाँबाट आइपी खरेललाई अगाडि सारेको छ। सुनारको पार्टी प्रवेशसँगै माओवादीमा थप विवाद सिर्जना हुने देखिएको छ।
खरेललाई उम्मेदवार बनाएपछि माओवादी केन्द्रका ३० बढी नेता-कार्यकर्ताले राजीनामा दिएका छन्। उनीहरूले सुनारलाई साथ दिँदै आएका छन्। उनी माओवादी केन्द्रमा प्रवेश गरेसँगै उक्त क्षेत्रमा राजनीतिक समीकरण बदलिएको छ।
[sidebar name="button post"]











