काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनका लागि आफ्नै पार्टीका प्रभावशाली नेताहरूले टिकट नपाउनुको कारण गठबन्धन रहेको बताएका हुन् ।
सोमबार बीपी स्मृति भवनस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानमा व्यवस्था भए बमोजिम लोकतान्त्रिक संस्कृतिलाई जीवन पद्दति बनाउने विषयमा निरन्तर लागिरहेको बताए ।
वर्तमान सरकारले छोटो अवधिमा देशलाई अर्डरमा ल्याएको, कोभिड–१९ नियन्त्रण, विदेश नीतिमा सन्तुलन एवम् जनताका विषय प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्षर भयरहित वातावरणमा सम्पन्न हुने बताए ।
प्रवक्ता महतले आगामी गठबन्धन सरकारले लोकतान्त्रिक मूल्य र मान्यता, कानूनी शासनको आधारसिलामा रहेर देशमा समृद्धि सिर्जना गर्ने, हरेक नागरिकलाई कुनै पनि वर्ग, समूह, क्षेत्र, समृद्धिको प्रकाशबाट कोही पनि वञ्चित हुन नदिने ग्यारेन्टी लिने बताए । उनले गठबन्धन सरकारले आगामी निर्वाचन जितेको खण्डमा कुनै पनि नेपाली नागरिक आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्यको आधारभूत अधिकारबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाए ।
वर्तमान सरकारले छोटो अवधिमा देशलाई अर्डरमा ल्याएको, कोभिड–१९ नियन्त्रण, विदेश नीतिमा सन्तुलन एवम् जनताका विषय प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्षर भयरहित वातावरणमा सम्पन्न हुने बताए ।
डा. महतले भने, “गठबन्धनको संस्कृति अन्तर्गत सिट बाँडफाँट गरेर, जसपा गठबन्धन फोडेर गयो । त्यस बारेमा धेरै टिकाटिप्पणी गर्न चाहदैनौं । तालमेल गर्न लोसपा जोडिन पुगे । अरु चार दल यथावत् छ । कांग्रेसले उदारताका साथ सिटक बाँडफाँटमा ९१, माओवादी केन्द्रले ४७, एकीकृत समाजवादीले २०, लोसपाले सात र राष्ट्रिय जनमोर्चाले दुई स्थानमा उम्मेदवारी दिएको छ ।”