गठबन्धनको बैठक बस्दै

काठमाडौं: आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई सत्ता गठबन्धनमा रहेका पार्टीहरुले छानविन गरी कारवाही गर्ने भएका छन् ।

आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई सत्ता गठबन्धनमा रहेका पार्टीहरुले छानविन गरी कारवाही गर्ने तयारी गरिएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका महासचिव डा। बेदुराम भुसालले जानकारी दिए ।

प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई फिर्ता गर्न निर्देशन दिए पनि कतिपयले फिर्ता नलिएकाले उनीहरूलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने एक नेताले बताए।

त्यस्तै गठबन्धनका शीर्ष नेताले सोमबार नै संयुक्त अपिल जारी गर्ने भएका छन् । अपीलमा गठबन्धनको औचित्य, आवस्यकता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणबारे खुलाउँदै अपिल जारी गर्न लागेका हुन् ।

[sidebar name="button post"]