बागी उम्देवार, प्रस्तावक र समर्थकलाई माओवादीद्वारा निस्कासन

काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्धमा बागी उम्मेदवार दिएकाहरुलाई पार्टीबाट निस्कासन गरेको छ।

पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिइ उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्ता उम्मेदवारहरुले पार्टीका एवं गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धतासहित सोमबारभित्र सार्वजनिक वक्तव्य दिएर आफ्नो उम्मेदवारी निस्क्रिय गराएमा कारबाही फिर्ता लिइने पनि जानकारी गराइएको छ।

Maoist-Center-Notice1665995316.jpg

[sidebar name="button post"]