नेकपा एस बाजुराका जिल्ला अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं: नेकपा एकीकृत समाजवादीका बाजुरा जिल्ला अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

चुनावी अभियान सुरु हुने क्रममा शुक्रबार उनीहरु बाजुरामा आयोजित एक कार्यक्रममा एमाले प्रवेश गरेका हुन् । एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार कर्णवहादुर थापा लगायतका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

बाजुरामा प्रतिनिधि सभा र प्रदेशसभा सबैतिर कांग्रेसले उम्मेदवारी दिएपछि नेकपा एसको जिल्ला कमिटी एमालेतिर लागेको हो ।

[sidebar name="button post"]