काठमाडौं: अर्थविद् डा. स्वर्णिम वाग्लले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताएका छन्।
शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लेले यस्तो बताएका हुन्। उनले नेपाल सिंगापुर र स्वीट्जरल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकाको अवस्थामा पुर्याउन सकिने बताए । उनले अहिले श्रीलंकाको ३९ सय प्रतिव्यक्ति आय रहेको उल्लेख गरे ।
उनले नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व बिस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने बताए। वाग्लेले अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने अवस्था भएपनि त्यस्तो हुन नसकेको बताए।
वाग्लले त्यस्तो हुन नसक्नु युवाहरुलाई राजनीतिमा आउन झ्याल ढोका नै बन्द गर्ने अवस्थाले खतराको अवस्था देखिएको बताए। उनले योजना, भूराजनीतिक अवस्था,पूर्वाधार विकास र नेपालको डेमोग्राफिक परिवर्तनलाई बुझेर मुलुक सञ्चालन गर्नसक्ने नेतृत्व नभएको बताए।
उनले अहिले ११ जना युवाले काम गरेर १ जना वृद्ध पाल्नुपर्ने अवस्था भए पनि सन् २०५० पछि चार जना युवाले काम गरेर १ जना वृद्धलाई पाल्नुपर्ने अवस्था हुने बताए।
उनले अहिले जीडीपीको अनुपातमा उद्योगहरुको योगदान ५ प्रतिशत रहेको भन्दै कम्तीमा १२ देखि २५ प्रतिशतसम्म पु¥याउनुपर्ने बताए। वाग्लेले नेपाल उद्योग विस्तारभन्दा पनि नाङ्ले व्यापारमा लागेको भन्दै अन्य देशमा सेवा क्षेत्रभन्दा साथ लेखा परीक्षक, टेलिकम, ढुवानी, बैंकिङ र आर्टिटेक्टहरु भनेर बुझ्ने बताए।









