मधेशमा कांग्रेस, माओवादी र समाजवादीका मन्त्री हटाउँदै मुख्यमन्त्री राउत

जनकपुर: मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का मन्त्रीलाई हटाउने तयारी गरेका छन्।

केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालबाट केन्द्र सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गरेको केही घण्टा नबित्दै मुख्यमन्त्री राउतले पनि गठबन्धन दलका अन्य मन्त्रीलाई पदबाट बर्खास्त गर्न लागेका हुन्।

राजीनामा नदिइए पदबाट बर्खास्त गर्ने बताएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जानकारी दिए। यादवले तीन वटै दलका मन्त्रीहरुको भोलि बिहानै बैठक बसेर यस विषयमा छलफल गरिने जानकारी दिए।

यता मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई अहिले नै हटाउने तयारी नगरिएको दाबी गरे। मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई हटाउने विषयमा विचार गर्न सकिने बताए।

[sidebar name="button post"]