प्रधानमन्त्री देउवाले गरे जसपाका चार मन्त्रीलाई बर्खास्त

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।

मन्त्रीहरुले राजीनामा नदिएम वर्खास्त गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले रहेका छन् । कांग्रेसका एक मन्त्रीका अनुसार बिहीबारसम्म मात्रै राजीनामाका लागि पर्खिइनेछ।

 जसपा नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि सत्ता गठबन्धनबाट बाहिरिएको छ। यसका लागि देउवाले दिउँसो सत्तारुढ गठबन्धनमा आबद्ध दलका नेताहरूसँग विमर्श गर्दै छन्। गठबन्धनमा आबद्ध दलका नेताहरूले पनि जसपाका मन्त्रीहरूलाई हटाउन प्रधानमन्त्री देउवालाई आग्रह गर्दै आएका छन्।

जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।

[sidebar name="button post"]