एसईई परीक्षाको कार्यतालिका सार्वजनिक

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ ।

बोर्डले बिहीबार कार्यतालिका सार्वजनिक गर्दै एसईई परीक्षा सञ्चालन चैतको दोस्रो सातादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता गर्ने उल्लेख गरेको छ ।

बोर्डले पहिलो पटक कार्यतालिका सार्बजनिक गरी तोकेको मिति अनुसार परीक्षाको काम अघि बढाउन निर्देशन दिएको छ । बोर्डले तोकिएको समयमा काम सम्पन्न गर्न सबै तयारी थालिएको जनाएको छ ।

परीक्षाका लागि आवेदन छपाई र वितरण कात्तिक मसान्तसम्ममा प्रदेशले गरिसक्नु पर्ने छ । त्यस्तै, जिल्लाले फारम भनेर मंसिर मसान्तसम पठाइसक्नु पर्ने छ । पुष मसान्तसम्म आवेदन फारम इन्ट्रि गरिसक्नु पर्ने, माघ पहिलो हप्ता परीक्षाको समय तालिका सार्वजनिक गर्नुपर्ने छ ।

[sidebar name="button post"]