२७ असोज, काठमाडौं । नेपाली बजारमा आज सूनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन स्थानीय बजारमा छापावाल सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि तोलाको ९४ हजार २०० मै कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य पनि स्थिर रही तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
[sidebar name="button post"]









