निर्वाचन आयोगले सोध्यो प्रचण्डलाई स्पष्टीकरण-पञ्चेबाजा किन बजाएको?

काठमाडौँ : निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्टीकरण सोधेको छ।

आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरेको भन्दै उनलाई आयोगले स्पष्टीकरण सोधेको हो । प्रचण्डलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले निर्देशन दिएको छ ।

‘प्रस्तुत सन्दर्भमा यहाँको मनोनयन दर्ता क्रममा बाजागाजा (पञ्चेबाजा)को प्रयोग भएको हो होइन? यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्जेबाजा) को प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०५९ को दफा १३ को उपदफा (१) को खण्ड (ग) को व्यवस्थाको उल्लंघनमा किन कारवाही गर्नु नपर्ने हो? यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध गरिन्छ,’ आयोगले भनेको छ।

[sidebar name="button post"]