एजेन्सी: सबै महिलाहरुको चाहाना हुन्छ, श्रीमान् श्रीमती सधै हांसी खुशी बाँचौ । तर कसैको त्यो चाहनामा कहिलेकाँही ठेस लाग्छ भने कसैको पुरा हुन्छ । कोहि पुरुष आफ्नो श्रीमतीको इच्छा चाहनाको ख्यालै नगर्ने स्वार्थी हुन्छन् ।
कोहि पुरुष आफ्नो श्रीमतीलाई सुखी र खुशी राख्न केहि कुरामा कमि राख्दैनन्।ज्योतिष शास्त्रका अनुसार खुशी खोजेर मात्रै पाउने होइन त्यो त आफ्नो ग्रह दशा र राशि अनुसार जुर्नुपर्छ ।
यी राशि भएका पुरुषहरुले श्रीमतीलाई असाध्यै माया गर्छन् :
मेष राशी :
यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको स’म्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको स’म्बन्ध पनि राम्रो हुने गर्छ ।
वृश्चिक राशी :
वृश्चिक राशी भएको पुरुषहरु सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्तिले मान सम्मान पाउने गर्छन् । परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सुखी जीवन बिताएका हुन्छन् ।
कन्या राशी :
कन्या राशि भएका पुरुषहरु खुल्ला हृदयका हुन्छन। यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।
सिंह राशी :
सिंह राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका पनि हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुले घर व्यवहार सहज ढंगले चलाउन सक्छन् ।








