गोरखा–२ बाट चुनाव लड्ने प्रचण्डलाई बाबुरामले दिए विजयको शुभकामना !

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपालि आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ बाट चुनाव लड्ने भएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई खुसी भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा-२ बाट चुनाव लड्ने निश्चित भएपछि मध्यरातमा एक ट्वीट गर्दै प्रचण्डको गोरखाबाट उम्मेदवारीको ठूलो सांकेतिक महत्व रहेको बताएका छन् ।

“मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तरहृृदयैदेखि स्वागत गर्दछु,” डा. भट्टराई सामाजिक सञ्जाल ट्विटरमा लेख्छन्, “वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठूलो सांकेतिक महत्वको छ । उहाँको शानदार विजयको हार्दिक शुभकामना !”

[sidebar name="button post"]