माओवादीको भागमा परेको काठमाडौ ७ बाट मानुषी उम्मेदवार बन्ने निश्चित रहेको एकजना पदाधिकारीले नेपालखबरलाई बताए। यसपटक बाबुराम उठ्ने गरेको गोरखा क्षेत्र नम्बर २ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्दैछन्।
भट्टराई आफू कहाँबाट उम्मेदवार बन्छन् अहिलेसम्म प्रस्ट भएको छैन। तर उनकी छोरी काठमाडौ ७ बाट उम्मेदवार बन्ने पक्का भएको छ। यससँगै अब मानुषीले काठमाडौं ७ मा कांग्रेस, माओवादीको साथ पाउने छिन्।
माओवादीले आफ्नो भागमा परेको सिटमा शनिबार उम्मेदवार चयन गर्दैछ। माओवादीको चुनाव चिन्ह लिएर यसपटक नेसपा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लड्दैछ।