काठमाडौँ: नेपाली कांग्रेसभित्र सिट बाँडफाँडमा असन्तुष्ट रहेका डा.शेखर कोइराला समूहको भेला अपरान्ह ४ बजेदेखि बस्नेको छ ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्ने देखी अलग भेलाहरु गर्दै आएका छन् ।
तर, पुर्व निर्धारित समयमा सुरु भएको भेलामा अझैसम्म कोइराला समुहका शिर्ष नेताहरु भने आईपुगेका छैनन । दोस्रो तहका नेताहरुले बैठक सञ्चालन गरिरहेका छन ।
काठमाडौको अनुपम फुडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेता भूपेन्द्रजंग शाहीले जानकारी दिए ।
आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्नेदेखि अलग भेला गर्दै आएकाे छ ।
समानुपातिक बन्द सुचीमा एकलौटी गरेको भन्दै विरोध गरे पछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो । संस्थापन पक्षका अनुसार कोइराला समुहका ३० प्रतिशत भन्दा बढीलाई समानुपातिक सुचीमा समावेश गरेको दावी गर्दैै आएका छन तर कोइराला पक्षले भने समानुपातिकमा मनोमानी गर्ने समुहले प्रत्यक्षतर्फ सिटमा पनि एकलौटी गर्न सक्ने भन्दै निरन्तर खबरदारी कार्यक्रम गरिरहने जनाउँदै आएका छन ।









