नारायणघाट-मुग्लिन सडक फेरि अवरुद्ध

चितवन : लगातारको वर्षाले भरतपुर महानगरपालिका- २९ केराबारीमा पहिरो खसेको कारण नारायणघाट मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।

वर्षाको कारण लेदोसहितको पहिरो झरेर सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले बताए । पहिरो दिउँसो ३ बजेतिर खसेको हो।

अवरुद्ध बाटो खुलाउन ईलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।
आज बिहान उक्त सडक खण्डको सत्रकिलोमा पहिरो खसेर साढे दुई घण्टा सडक अवरुद्ध भएको थियो। बिहान साढे आठ बजेदेखि बन्द सडक ११ बजेतिर दुईतर्फी सञ्‍चालनमा आएको थियो।

[sidebar name="button post"]