छक्कबहादुर लामा एमाले प्रवेश

काठमाडौं । छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । ०७४ को निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका उनी नेकपा फुटेपछि माओवादीमा गएका थिए ।

सोमबार बालकोटमा एमाले अध्यक्ष केपी ओली निवास ओलीको हातबाट टीका ग्रहण गर्दै एमाले लामा प्रवेश गरेका हुन् ।अघिल्लोपटक माओवादीले टिकट नदिएपछि बागी उठेर जितेका लामापछि माओवादीमै आवद्ध भएका थिए ।

एमाले केन्द्रीय सदस्य दलबहादुुर रावलले लामा एमालेमा प्रबेश गरेको जानकारी दिए । उनका अनुसार बालकोटमा प्रबेश कार्यक्रम राखेर अध्यक्ष ओली तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले खादा तथा टीका  लगाएर लामालाई पार्टी प्रबेश गराए।

२०७४ को आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर लामा हुम्लाबाट चुनाव चितेका थिए । उन माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत थिए । यस पटकको निर्वाचनमा आफुु नउठ्ने यसअघि नै उहाँले बताउदै आउनुु भए पनि एमाले प्रवेश गर्नुभएसँगै उहाँ उम्मेदवार बन्ने चर्चा हुन थालेको छ ।

बिशेषगरी हुम्लाकै माओवादी नेताहरु बिजय भण्डारीको समुुहले आफूलाई घेराबन्दीमा पारेको उहाँले हुम्लाका केही नेताहरुसँग गुनासो गर्दै आउए । आईतबार खुमलाटारमा माओवादी अध्यक्ष प्रचण्डलाई जिल्लाका माअ‍ोवादी नेताहरु भेट्न जाने कार्यक्रममा पनि लामाको उपस्थिति थिएन ।

[sidebar name="button post"]