दशैँ टिकाको उत्तम साइत सार्वजनिक, हेर्नुहोस् कति बजे ?

काठमाडौं: विजयादशमी टीकाको उत्तम साइत बुधबार बिहान ११ बजेर ५१ मिनेट रहेको छ ।

सोही दिन बिहान १० बजेर ३४ मिनेटमा घटस्थापनाका दिन थापिएको देवी भगवती विसर्जन गरिने शुभसाइत रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

पञ्चांग अनुसार १९ असोजका दिन देवी विसर्जन गरिएपछि प्रसादस्वरूप टीकाजमरा लगाउने परम्परा छ । त्यस दिनभर नै टीका लगाउँदा राम्रो हुने भट्टराई बताउ“छन् । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने उनले बताए ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्न हुने मान्यता भए पनि स्थानअनुसार फरकफरक छ । यसअघि १७ असोज सोमबार महाअष्टमी र त्यसैदिन राति कालरात्रि पूजा गर्नुपर्ने पनि समितिले जनाएको छ । १८ असोज मंगलबार महानवमी परेको छ ।

[sidebar name="button post"]