पोखरा: पोखरा महानगरपालिका–२७ स्थित लक्ष्मी आदर्श युवा क्लबले दोस्रो म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा पुरुषतर्फ रोहन गुरुङले प्रथम स्थान हासिल गरे अनिल गुरुङले र कविर पौडेलले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे । महिलातर्फ सृष्टि रेग्मी प्रथम, रुविना बास्तोला दोस्रो तथा शर्मिला कार्की तेस्रो भइन् । प्रतियोगितामा पुरुष र महिला गरी ४० जनाले प्रतिस्पर्धा गरेका क्लबका अध्यक्ष निर्मान देवानले जानकारी दिए ।
[sidebar name="button post"]











