पुटिनद्वारा जापोरिजिया र खेरसन क्षेत्रको ‘स्वतन्त्रता’ लाई मान्यता दिएको घोषणा

काठमाडौं: रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएको घोषणा गर्नुभएको छ ।

उनले यससम्बन्धी आदेशमा हस्ताक्षर गर्दै  जापोरिजिया र खेर्सनको तथाकथित ‘स्वतन्त्रता’लाई मान्यता दिएका हुन् । उक्त आदेशपछि रूसले मस्कोमा एक समारोहको आयोजना गरी युक्रेनी भू–भाग कब्जा गर्ने औपचारिक घोषणा गर्ने अलजजिराले जनाएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै अल जजिराले भनेको छ, “मैले दक्षिणी युक्रेनको जापोरिजिया र खेरसनको राज्यको सार्वभौमिकता र स्वतन्त्रतालाई मान्यता दिन आदेश दिएको छु ।”

शुक्रबार क्रेमलिनमा आयोजित एक समारोहमा यी दुई क्षेत्रलाई डोनेट्स्क र लुहान्स्कका पृथकतावादी क्षेत्रसँगै रूसमा समावेश गर्न लागिएको हो ।

शुक्रबार क्रेमलिनमा आयोजित एक समारोहमा यी दुई क्षेत्रलाई डोनेट्स्क र लुहान्स्कका पृथकतावादी क्षेत्रसँगै रूसमा समावेश गर्न लागिएको हो ।

रूसको आक्रमणपछि रूसी सेनाको कब्जामा रहेको क्षेत्रमा भएको जनमत सङ्ग्रहमा रूसले आफ्नो पक्षमा बहुमत प्राप्त गरेको जनाएको छ । रूसले फेब्रुअरी महिनामा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो र सोही महिनामा डोनेट्स्क र लुहान्स्कको ‘स्वतन्त्रता’ लाई मान्यता दिएको थियो ।

यसबाहेक, संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले शुक्रबार एक प्रस्तावमा मतदान गर्ने तयारी गरेको छ जसले रूसको नियन्त्रणमा रहेका तर युक्रेनले दावी गरेको चार क्षेत्रहरूमा रूसको पहलमा गरिएको जनमतसङ्ग्रहको लागि निन्दा गर्ने प्रयास गर्नेछ ।

[sidebar name="button post"]