लोसपाका केन्द्रीय सदस्य सुनिल झाले गरे एमालेमा प्रवेश

काठमाडौं: महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय  कार्यसमिती सदस्य सुनिल झा ‘रोहित’ र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव  इन्जिनियर देवेन्द्र कुमार यादव पनि एमालेमा प्रवेश गरेका छन्।

उनीहरु शुक्रबार बालकोटस्थ्ति एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई खादा लगाएर ओलीले पार्टीमा भित्र्याए ।
पछिल्लो समय मधेश प्रदेशबाट जनता समाजवादी र लोसपाका नेताहरु धमाधम एमालेमा प्रवेश गरिरहेका छन्। एमालेले मधेशमा आफ्नो पकड बलियो बनाउने क्रममा यी दुई दलबाट ५ जना बढी संघ र प्रदेश सांसदसहित उच्च तहका नेतालाई भित्र्याइसकेको छ।
[sidebar name="button post"]