जनकपुरधाम: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने दावी छाडेका छन् ।
अघिल्लोपटक जितेको धनुषा- ३ मै उम्मेदवारी दिने कि पुरानो क्षेत्र सर्लाही- २ फर्किने भन्नेमा उनले निर्णय लिन सकिरहेका छैनन् ।
२०७४ मा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महतो ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ बाट लड्ने निष्कर्षमा पुगेका छन् । मधेसी मोर्चाको उम्मेदवार रहेका महतोले एमालेको पनि अघोषित साथ पाएका थिए । त्यसको बलमा उनले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए । यो पटक निधि समानुपातिक पद्धतितर्फ उम्मेदवार बनेका छन् ।
एमालेले पनि जुलीकुमारी महतोलाई अघि सार्ने भएपछि महतो चुनाव नलड्ने निर्णयमा पुगेका हुन् । जुली धनुषा क्षेत्र नं. ३ बाट लड्ने तयारी गरिरहेकाले आफू सर्लाही २ रोजेको नेता महतोले बताए ।











