काठमाडौं: नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरु भएको बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।
बिहीवारको बैठकले प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लगाउने कार्यसूची रहेको एक नेताले बताए ।
त्यस्तै बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाललगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले बुधवार सचिवालय बैठक बोलाए पनि गृहकार्य नपुगेको भन्दै एक दिन पर धकेलेको थियो ।
[sidebar name="button post"]









